मेचीनगर । झापाको मेचीनगर नगरपालिकाबाटै अब वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिन आवेदन दिन सकिने भएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै श्रम स्वीकृतिका लागी अब नगरबाटै आवेदन दिन सकिने जनाएको हो । योसंगै अब मेचीनगरबासीलाई अन्यत्र धाएर वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिन आवेदन दिन जानुपर्ने बाध्यता हटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९ चैत १६ को निर्णय अनुसार वैदेशिक रोजगारीका लागी व्यक्तिगत तथा पुन श्रम स्वीकृति स्थानीय तहहरुबाटै आवेदन गर्ने व्यवस्था कार्यान्वयनका लागी नगरले यहाँबाट नै श्रम स्वीकृतिका लागी आवेदनको व्यवस्था गरेको हो ।
अब आवयश्यक कागजातसहित नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिने मेचीनगर कार्यालयले जनाएको छ ।

