संघ \संस्था

बाहुण्डाँगी जेसीजको व्यवस्थापन तालिम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजना तथा मेचीनगर २ को सहयोगमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
हात्ती रिसोर्ट बाहुण्डाँगीमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले सहजीकरण गर्नु भएको थियो । तालिममा ५० जनाको सहभागिता रहेको थियो । प्रशिक्षक निरौलाले शाखामा होस या कुनै पनि संघ संस्थामा कार्यक्रम व्यवस्थापन कसरी गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो । यसैगरी सोही कार्यक्रममा बैङकिङ साक्षरता सम्बन्धि तालिम समेत आयोजना गरिएको थियो ।

तालिमको सहजीकरण मुक्तिनाथ बैङकले गरेको थियो ।
शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहमा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्की र समापन समारोहमा मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


कार्यक्रम संयोजक कमल गोलेले स्वागत गरेको कार्यक्रमको मिसन भिजन सचिव सुष्मा मिश्र, आस्थापाठ कार्यकारीणी उपाध्यक्ष सामुल राया र सञ्चालन महासचिव नित्यानन्द चम्लगाइले गरेका थिए । कार्यक्रममा सहभागिका तर्फबाट शिशिर चम्लगाई र मञ्जिल देवानलेल बोलको थिए भने निवर्तमान अध्यक्ष हेमन्त मोक्तानको सहभागिता रहेको थियो ।