राजनीति

रास्वपा मेचीनगर सभापतिमा कमल गौतम

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिको सभापतिमा कमल गौतम सर्वसम्मत चयन भएका छन् ।

आज धुलाबारी स्थित अतिथि सदनको सभाहलमा सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा रञ्जु वस्नेत, सचिवमा सन्तोष राजबंशी र कोषाध्यक्षमा इन्द्रप्रसाद भण्डारी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा देवी पराजुली गुरागाई, शोभा विष्ट, गोविन्द सुन्दास, काजीमान विक, दिनेशकुमार गुप्ता र असमि दाहाल चयन भएका छन् ।