खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : धुलाबारी मावि विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगितामा आज एक खेल मात्रै भएको छ ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा प्रत्येक दिन दुई खेल सञ्चालन हुँदै आएकोमा आज हावाहुरीसहितको बर्षाले एक खेल मात्रै भएको हो । आज भएको छात्रातर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ रनले पराजित गर्दै धुलाबारी मावि विजयी भएको छ ।

टस जितेर फिल्डीङ्ग रोजेको सुर्योदयले ६८ रन जोडेको थियो । ६९ रनको तार्केट लिएर मैदान प्रवेश गरेको धुलाबारीले आफ्नो लक्ष्य भेटाएको हो । आजको खेलको प्लेयर अफ द म्याच १ ३८ रन जोड्न सफल विजेता टिमकी प्रिया मलाह घोषित भइन् ।

फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।