मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि झापाको मेचीनगरका मेयर र उपमेयरसहित ७ सदस्यीय टोली बेलायत प्रस्थान गर्ने भएका छ्न् । मेचीनगर र बेलायतस्थित फक्सटन टाउनलाई भगिनी सम्बन्ध कायम गर्न २९ सेक्टेम्बर २०२३ देखि सुरु हुने चार्टर सेरमनी कार्यक्रम सहभागी हुन जाने तयारी गरेको मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकार भेटघाटमा जानकारी दिए । बेलायतको फक्सटन Read More…
Day: September 26, 2023
मेचीनगर-१४ मा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित
मेचीनगर । बर्षौदेखि पुल नहुँदा समस्या झेल्दै आइरहेका झापाको मेचीनगर नगरपालिका–१४ स्थित पत्रेसिंह बारीका बासिन्दा अहिले भने झोलुङ्गे पुल बनेपछि हर्षित भएका छन् । पुल नहुँदा समस्या भोग्न बाध्य यहाँका स्थानीय वर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यता थियो । पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको Read More…
साना किसान बाहुण्डाँगीको वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट व्यक्तित्वहरु सम्मानित
बाहुण्डाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुण्डाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुण्डाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय Read More…
संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको छ : सभामुख घिमिरे
त्रिलोचन गौतमझापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा सरकारले विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको बताएका छन् । सभामुख घिमिरेले झापाको बिर्तामोडस्थित आफ्नो सचिवालयमा सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका छन् । विभिन्न कारणले संसद् अवरोद्ध भइरहँदा संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आजको राशिफल बि.सं. २०८० असोज ०९ गते मङ्गलबार ई.सं.२०२३ सेप्टेम्बर २६ नेपाल सम्बत ११४३ ञंलाथ्व द्वादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ शुक्ल द्वादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५: ५३ बजे, सूर्यास्त साँझ ५: ५६ बजे हुनेछ । आज जन्म लिने Read More…





