मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि प्रारम्भिक छलफल सम्पन्न गरेको छ ।

शुक्रबार नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित छलफलमा जनप्रतिनिधिसंगै प्रशासन प्रमुख र विभिन्न शाखा प्रमुखहरूको सहभागीता रहेको थियो ।
समृद्ध नगर बनाउन जनप्रतिनिधि र कर्मचारीहरूको उत्तिकै भूमिका रहने भएको हुँदा जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारी बिच नगरपालिकाको राजस्व संकलन, बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि प्रारम्भिक छलफल अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

छलफल कार्यक्रममा नगर प्रमुख बुढाथोकीसंगै उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, ५ का वडाध्यक्ष कनक कार्की, ७ का वडाध्यक्ष, प्रल्हादमणी ओली, ९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, खाद्य विश्लेषक दिपेन्द्र कार्कीलगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा मेचीनगरका पन्द्रवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिवलगायतको सहभागीता रहेको कार्यक्रम सञ्चालन बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गरेका थिए ।

