झापा । काँकरभिट्टाबाट भारतको पानीटयांकीं १.५ किलोमिटर मात्र छ । पानीट्याकी बजार नजिक भएका कारण काँकरभिट्टा, धुलाबारी, विर्तामोड, सुरुड्डा, दमकलगायत आसपासका क्षेत्रका मानिस खाद्यान्न, लत्ताकपडा र घरायसी सामग्री किन्न दैनिक त्याहाँ पुग्ने गरेका छन् । तिहार नजिकिएसँगै यतिबेला सिमापारीको बजार पानीटयांकी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भिडभाड भएको छ ।

अन्य समयमा पनि निकै चहल पहल हुने पानीटयांकी बजारका मुख्य ग्राहक भने नेपाली उपभोक्ता हुने गरेका छन् । पानीटयांकी बजार नेपाली उपभोक्ताले भरिएपनि सिमावर्ती बजा काँकरभिट्टा, धुलाबारी, विर्तामोडलगायतका पूर्वका ठूला शहरका बजारमा भने तिहारको लागि किनमेलको रौनकता देखिदैँन । १.५ किलोमिटिर पुर्वकोे सिमापारीको बजार पानीटयांकी, नक्सालबाढी, बागडुग्रा, सिलुगढीलगायतका बजार नेपाली उपभोक्ताको कारण भिडभाड हुदा सिमावारी नेपाली बजार भने सुनसान देखिन्छ ।

अधिकांश नेपालीहरु सिमापारीको बजार जाँदा यता सिमावारी नेपालमा व्यपार व्यवसाय गर्ने व्यपारीहरु समस्यामा भएको बताउँछन् । आर्थिक मन्दीको मारमा परिरहेका व्यपारीहरु बिशेषगरी दशैं, तिहारलगायतका चाडपर्वमा थोरै भएपनि राहात महसुस हुन्छकी भन्ने सोचेका थिए । तर, त्यस्तो नभएको उनीहरुको भनाई छ ।


