मेचीनगर । कोशी प्रदेशसभा सदस्य सविना बजगाईले सामुदायिक वनलाई संरक्षण गरि त्यसलाई आय आर्जनसंग जोड्न आवश्यक रहेको बताएकी छिन् । बिहिवार मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन तथा उपभोक्ता समूहको १० औं वार्षिक साधारणलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी प्रदेश सभा सदस्य बजगाईले वनलाई काठ र दाउरामा मात्रै सिमित पार्न नहुने बताइन् ।

वन जगल नेपालको साझा सम्पत्ती रहेको बताउँदै उनले त्यसलाई संरक्षण गर्नु सबै नागरिकको दायित्व रहेको बताइन् । उनले हातेमालो सामुदायिक वन परिसरमा रहेको निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्र स्तर उन्नतीका लागि प्रदेश सरकार मार्फत पहिलो चरणमा २५ लाख बजेट समेत विनियोजन गरिएको बताइन् ।
सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रमको अवसरमा सामुदायिक वनले अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट टोल संयोजक, वन कार्यालयका अधिकृत तथा वन क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अवकास प्राप्त कर्मचारी गोपाल रिजाल, टोल समितिका संयोजक टोक प्रसाद दुलाल, डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठक र जिल्ला वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि तथा अथितिहरुले सम्मान पत्र सहित खादा र टिका लगाएर सम्मान गरेका छन् ।

सो अवसरमा राप्रपा मेचीनगर १३ वडाका अध्यक्ष, नेकपा एमाले मेचीनगर –१३ का वडाध्यक्ष भोजराज पराजुली , मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य रिता परियार, सल्लाकार समितिका सदस्य सन्तोष न्यौपाने, सिमसार निर्माण समितिका संयोजक शरद शिवाकोटी, सिमसार उपसमिति सह संयोजक पर्शुराम सिंह राजवंशी, सामुदायिक वनका पूर्व अध्यक्ष, सम्मानित व्यक्तित्व जीवन प्रसाद पाठक लगायतले सामुदायिक वन र सिमसार क्षेत्रको विकास र प्रवद्र्धनका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए ।

सामुदायिक वनका अध्यक्ष चन्द्र प्रसाद सिक्देलको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष सिक्देलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कोषाध्यक्ष कुशुम कटुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष राधिका सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव यामकान्त प्याकुरेलले गरेका थिए ।

