रितीक अधिकारी
सर्लाही । नदी उकास जमीनको पुनस्थापनाका लागि हरिवनमा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
सर्लाहीको हरिवनमा रहेको ग्रामीण स्वयंसेवक समाज हरिवनको आयोजना तथा हरिवन नगरपालिकाको साझेदारीमा नदी उकास भूमिको पुनस्थापनाका लागि कृषि वन परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न भएको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए ।
उनका अनुसार युएनडिपी नेपालको आर्थिक सहयोगमा हरिवन नगरपालिकाका साझेदारिमा विभिन्न वडाहरुमा कृषि वन परियोजना कार्यक्रम सञ्चालन भई रहेको छ । कृषि वन परियोजना कार्यक्रमलाई थप व्यावस्थीत गर्दै दिगो रुपमा अगाडि बढाउने विषयमा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
हरिवन नगरपालीका भित्र रहेको नदी उकास र खेर गएको जमिनमा स्थानीय गरिब विपन्न नागरिकहरुले समुह बनाएर तरकारी तथा फलफुल उत्पादन गरि रहेका छन । हरिवन नगरपालिकाका साझेदारि युएनडिपी नेपालको आर्थिक सहयोगमा हरिवन नगरपालिकाका ३,४ र ५ वडाहरुमा कृषि वन परियोजना मार्फत हरिवनका गरिब विपन्न नागरिकहरुको जीविकोपार्जनका लागी कामगरि रहेका युएनडिपी नेपाले जनायको छ ।
ग्रामिण स्वयंसेवक समाजको सभा हलमा भएको अभिमुखिकरण गोष्ठीमा ग्रामिण स्वयंसेवक समाजका हरिबनका अध्यक्ष दधिराम पौडेल,हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, हरिवन नगरपालिकाका उप प्रमुख हरिमाया घलान, वडा अध्यक्षहरु, विभीन राजनितीक दलका प्रतिनिधिहरु, ग्रामिण स्वयंसेवक समाज हरिवनका सदस्यहरु, समाज कल्याण कृषि वन सामुदायिक समुह, लालिगुराँस कृषि वन सामुदायिक समुह, मोहनपुर कृषि समुह र समृद्धि कृषि वन सामुदायिक समुहका पदाधिकारीहरु एवम सदस्यहरु लगायतको उपस्थिति रहेको ग्रामिण स्वयंसेवक समाजका हरिबनका अध्यक्ष दधिराम पौडेलले जानकारि दिनूभयो ।
यस पहीला हरिबन नगरपालिकामा संचालित कृषि वन कार्यक्रममा दूई सय घर घरपरिवार लाभान्वित छन ।
ग्रामिण स्वयंसेवक समाजको आयोजना युएनडिपी नेपालको आर्थिक सहयोग हरिवन नगरपालिकाको साझेदारीमा यस पहीला संचालित कृषि वन कार्यक्र्रम हरिवनमा २५ विघामध्ये झण्डै करिब २० विघामा विभिन्न कृषक समूहहरु बनाई सामुहिक तरकारी खेती भैरहेको छ ।
हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गईरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट नगरपालिका ३ का ६६ घरपरिवार, हरिवन नगरपालिका ४ का ४८ घरपरिवार र हरिवन नगरपालिका ५ का ८६ घरपरिवार गरी करिब २ सय विपन्न परिवार प्रत्यक्ष लाभान्वित भएरहेका युएनडिपी पोग्राम कोडिनेटर कृतिका आर्चायले बताउँनु भयो ।

