ईलाम, कात्तिक २३ । नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य समितिले वडा समायोजन सम्पनन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस ईलाम जिल्ला कार्य समिति सभापती हिमालय कर्मचार्यले गरेका थिए ।
नेपाली कांगेस चुलाचुली गाँउपालिकाले वडा समायोजन सर्व सम्मत रुपमा गरेको छ । जस अन्तर्गत वडा नम्बर १ मा सभापती त्रिलोचन गौतम, त्यसै गरी वडा नम्बर २ मा खड्ग लुङ्गेली, वडा नम्बर ३ मा प्रेम श्रेष्ठ, वडा नम्बर ४ मा मईतबहादुर तामाङ्ग, वडा नम्बर ५ मा कृष्णमाया पौडेल र वडा नम्बर ६ मा कर्णबहादुर राई रहेका छन् ।
कार्यक्रममा पूर्व राज्य मन्त्री तथा पुर्ब सभापती केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, महासमिति सदस्य तथा संबिधान सभा सदस्य मा. नरेन्द्रकुमार कुमाल, उपसभापती शान्तीकला राई, जिल्ला कार्य समिति सचिव खगेन्द्र देवान, निरोज खत्री, डम्बर खड्कालगायतका नेताहरुको आतिथ्यता थियो ।
गणेशप्रसाद फागोको सभापतीत्वमा आयोजना भएको कार्यक्रमको सञ्चालन पार्टी सचिब त्रिलोचन गौतमले गरेका थिए ।

