संघ \संस्था

पुर्वी गर्जन पत्रिकाको विशेषांक मंसिर २८ गते विर्तामोडबाट सार्वजनिकिकरण हुने

विर्तामोड । झापाबाट नियमित रुपमा अनलाइन न्युज पोर्टलका रुपमा सञ्चालन हुँदै आएको पुर्वी गर्जन मिडिया प्रालिले पुर्वी गर्जन पत्रिकाको विशेषांक यहि मंसिर २८ गते बिहिवार भव्य कार्यक्रमका बीच सार्वजनिकिकरण गर्ने भएको छ।

उक्त पत्रिका सार्वजनिकिकरण कार्यक्रम विर्तामोड स्थित ग्राण्ड प्यासिफिक होटलको सभा हलमा दिनको १२ बजेदेखि कार्यक्रम शुरु हुने र कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरही आउने कार्यक्रम रहेको छ।

उक्त पत्रिका विमोचन कार्यक्रममा पत्रकार महासंघ , विभिन्न शुभेच्छुक संगठन, राजनीतिक दल लगायत सबैलाई निमन्त्रणा गर्ने क्रम जारी रहेको र सम्पुर्ण मिडिया कर्मी साथीहरूलाई समेत उपस्थित हुन आयोजकले आग्रह गरेको छ । पत्रिकामा विशेषगरी पछिल्लो समयको राजनीतिक घटनाक्रम र पुर्वी नेपालको राजनीतिक गतिविधि लगायतका विषयहरु समेटिएको कार्यकारी सम्पादक प्रविण अधिकारीले जानकारी दिएका छन्,।