संघ \संस्था

मेचीनगरमा जग्गाको निस्सा वितरणलाई तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिदैं मेचीनगरले बुधबार पनि जग्गाको निस्सा वितरण गरेको हो ।

सोमबारदेखि सुरु भएको जग्गाको निस्सा वितरण कार्य अन्तर्गत बुधबार मेचीनगर ९, १०, ११ र १२ नम्बर वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

मेचीनगर ९ मा अव्यवस्थित बसोबास ४२६,भूमिहिन सुकुम्बासी ११० र भूमिहिन दलित ४५ गरी जम्मा ५८१ जना, मेचीनगर १० मा अव्यवस्थित बसोबास ८३, भूमिहिन सुकुम्बासी १७५ र भूमिहिन दलित १९ गरी जम्मा ४४७ जना, मेचीनगर ११ मा अव्यवस्थित बसोबास १५७, भूमिहिन सुकुम्बासी १४४ र भूमिहिन दलित ३५ गरी जम्मा ३३६ जना र मेचीनगर १२ मा अव्यवस्थित बसोबास ३२०, भूमिहिन सुकुम्बासी ८८ र भूमिहिन दलित २६ गरी जम्मा ४३४ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ ।

भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम यस नगरपालिकाबाट संङकलित भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीको विवरणको निस्सा वितरण कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक ह्दय राजबंशी, कार्यपालिका सदस्य तथा मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बु, सम्बन्धित वडाका वडाध्यक्ष, कर्मचारीलगायतको उपस्थितिमा जग्गाको निस्सा वितरण गरिएको थियो ।

मेचीनगरले हालसम्म वडा नम्बर १ देखि १२ सम्म जग्गाको निस्सा वितरण कार्य अगाडी बढाएको छ भने, बाँकी रहेका १३,१४ र १५ नं वडामा मंसिर २९ गते गरिने नगरप्रमुखको सचिवालयले जनाएको छ ।