अर्थ संघ \संस्था

महेन्द्रद्वार सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर-६ काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा शुक्रबार सम्पन्न वार्षिक साधारण सभाको औपचारिक उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य लिलामणी पोखरेलले गरेका थिए ।

संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको छ । संस्थाका उपाध्यक्ष युद्वराज ओलीले स्वागत गरेको कार्यक्रम लेखा प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय संघ संस्था, राजनितिक दल र संस्थाका शेयर सदस्यहरूको उपस्थित रहेको थियो । राजनीतिक दलकातर्फबाट डिल्लीराम घिमिरे र सहकारीकोतर्फबाट बिपी भट्टराईले मन्तव्य राखेका थिए ।

वार्षिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए भने सञ्चालन प्रकाश ढुङ्गानाले गरेका थिए ।