धर्म संस्कृती संघ \संस्था

“हाम्रो पातालगंगा राम्रो र सुन्दर पातालगंगा” बनाउन जुटे मेचीनगरका जनप्रतिनिधि

मेचीनगर । मेचीनगर-८ का जनप्रतिनिधिले पुर्वको धार्मिक तथा पर्यटक स्थल पातालगंगा क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरका छन् ।

एक दशक अघिसम्म देशकै चर्चित बनभोज स्थलको रूपमा परिचित पातालगंगा अहिले ओझेलमा पर्दै आइरहेको अवस्था छ । त्यसलाई पुनः चलायमान बनाउन स्थानीय जनप्रतिनिधि अभियान मार्फत लागि परेका हुन् ।

मेचीनगर-८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा शुक्रबार आजदेखि सुरू भएको सरसफाइ अभियानमा मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमला, वडासदस्यहरू बिष्णु भट्टराई, कविता मिजार, मनकुमारी गिरी संगसगै जोडिएका छन् ।

पूर्वाधार विकास, प्रवद्र्धन तथा प्रचारप्रसारको पर्खाइमा रहेको यस धार्मिक तथा पर्यटकीय स्थल पातालगंगा परिसरमा अहिले बनभोज खान आउने सिजनमा थोरै भएपनि आकर्षण बढाउन सरसफाई अभियान मार्फत अगाडी बढेको जनप्रतिनिधिहरु बताउँछन् ।

वडाध्यक्ष धमलाका अनुसार मेचीनगरको ऐतिहासीक धार्मिक तथा पर्यटकिय क्षेत्र पातालगंगा क्षेत्रको संरक्षण र विकाश र सौन्दर्यीकरण गर्ने अभियान मेचिनगर वडा नं ८ ले शुभारम्भ गरेको बताउँदै वडाध्यक्ष धमलाले हाम्रो पातालगंगा राम्रो र सुन्दर पातालगंगा बनाउन प्रत्येक साताको शुक्रवार विहान ८ बजे देखि १ घण्टा वडावासीलाई जेट्न आग्रह गरे ।

अभियानको सुभारम्भ कार्यमा सरिक हुन मेचीनगर-८ का जनप्रतिनिधि संगै पूर्व वडाध्यक्ष विकेन्द्र धिमाल, एमाले नेता सुभाष मिजार, मिलन विश्वकर्मा, समाजसेवी राम बहादुर मगर, राम गिरीलगायतको सहभागीता रहेको थियो ।