मापदण्ड अनुसार नै कार्य गर्न ठेकेदारलाई निर्देशन मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निर्काणधिन झापा मार्गको कालोपत्रे अनुगमन गरेका छन् । बन्दै गरेको सडकमा कालोपत्रे मापदण्ड अनुसार भए नभएको पहिचान गर्न ईन्जिनियर सहितको टोलि लिएर नगरप्रमुख आफै फिल्डमा अनुगमनका लागि पुगेका हुन् । बिहिबार अनुगमनका क्रममा नगरप्रमख बुढाथोकीले मापदण्डमा कुनैपनि कन्जुस्याई गर्न नहुने बताए Read More…
Year: 2023
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
झापा । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। Read More…
यस वर्षको एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट
झापा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा Read More…
मेचीनगरको एक बर्ष: ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे
मेचीनगर । मेयर गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ । नगरपालिकाले आफ्नो, प्रदेश र संघिय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो । नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर Read More…
नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान
झापा । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई गृह नगरमा सम्मान गरिएको छ । रोटरी क्लब अफ काँकरभिट्टाले क्लबको १४औं पदस्थापनाको अवसर पारेर मंगलबार क्रिकेटर क्षेत्रीलाई नगदसहित सम्मान गरेको हो । महिला क्रिकेट खेलमा विश्व किर्तीमान राख्न समेत सफल भई नेपाल र नेपालीहरको नाम विश्वसामु उच्च पार्न सफल राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व Read More…
रोटरी क्लब अफ काँकरभिट्टा : १४ ओैँ पदस्थापन सम्पन्न
मेचीनगर । अन्तराष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तरगत रोटरी क्लब अफ काँकरभिट्टाको १४ ओैँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । धुलाबारीस्थित होटल मेची क्राउनमा रोटरी क्लबका डिष्ट्रिक गर्भनर नोमिनी बिनोद कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि कोईराला र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा रोटरी थिमको व्यानर Read More…
३२ लाखमा बनेको वडा कार्यालय भवन प्रयोगमा नआइ जिर्ण
झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का लागि बनाइएको कार्यालय भवन प्रयोग नहुँदा अलपत्र बनेको छ । गत बर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको हो । स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कठ्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन । Read More…
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो। काठमाडौंको पेट्रोलको नयाँ मूल्य १७०, डिजेल र मट्टितेलको १५० रुपैयाँ पर्ने छ। दोस्रो वर्ग (सुर्खेत र दाङ) का लागि भाउ Read More…
बेसहाराको सहारा बन्दै सहारा नेपाल, तेतरिया सेवाकेन्द्रले दियो माझीलाई करिब ४ लाख
झापा । सहारा नेपाल साकोस तेतरिया सेवाकेन्द्रले सदस्य चन्द्रकला माझीको श्रीमानको मृत्यु भएपछि रु तीन लाख ८० हजार सहयोग गरेको छ । ग्रामथान ५ तेतरिया स्थित संचालित लघुबित्त कार्यक्रमकी सदस्य चन्द्रकलाको श्रीमानको केही समय अघि मृत्यु भएको थियोे । संस्थाबाट चन्द्रकलाले कर्जा स्वरुप तीन लाख लाख ८० हजार कर्जा लिएकी थिइन् । संस्थाको कर्जा सुरक्षण Read More…
यस वर्षको प्रदेश उत्कृष्ट व्यवसाय पुरस्कार साना किसान कृषि सहकारी संस्था खुदुनावारी लाई
झापा । अर्जुनधारा नगरपालिका–३, खुदुनावारी झापा स्थित साना किसान कृषि सहकारी संस्थाले कोशी प्रदेश स्तरीय उष्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ बाट सम्मानित भएको छ । १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष समारोहमा संस्थालाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो । राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार Read More…










