अर्थ

बेसहाराको सहारा बन्दै सहारा नेपाल, तेतरिया सेवाकेन्द्रले दियो माझीलाई करिब ४ लाख

झापा । सहारा नेपाल साकोस तेतरिया सेवाकेन्द्रले सदस्य चन्द्रकला माझीको श्रीमानको मृत्यु भएपछि रु तीन लाख ८० हजार सहयोग गरेको छ । ग्रामथान ५ तेतरिया स्थित संचालित लघुबित्त कार्यक्रमकी सदस्य चन्द्रकलाको श्रीमानको केही समय अघि मृत्यु भएको थियोे ।

संस्थाबाट चन्द्रकलाले कर्जा स्वरुप तीन लाख लाख ८० हजार कर्जा लिएकी थिइन् । संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तरगत सदस्य वा सदस्यको श्रीमानको जसको मृत्यु भए पनि जति कर्जा लिएको छ सो सम्पुर्ण मिनाहा हुने गरेको छ, सोही कार्यक्रम अन्तरगत आज एक कार्यक्रमका बिच सेवा केन्द्र प्रमुख एक्का देव कट्टेलले चन्द्रकलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहारा नेपाल साच्चिकै बेसहाराको सहारा बनेको भन्दै चन्द्रकला माझीले यसप्रकारको सहयोगले संस्थाको उचाइ अझै बढेको बताइन् ।