मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँगसँगै पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको हो । नगरपालिकाले प्राथमिकतामा राखेको योजनामा अनुसार काँकरभिट्टामा बहुउद्देश्यीय बस टर्मिनल, विजनेस तथा बसपार्क निमार्ण गरिनेछ । खेलकुदलाई मध्यनजर गरि नगर क्षेत्रभित्र एउटा स्टुडियम निमार्ण गरिने र खेलमैदानहरुलाई व्यवस्थित गर्ने योजना रहेको Read More…
Year: 2023
मेचीनगर-४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा कार्यालयले साउन १ गतेदेखि लागु हुनेगरी वडाबासीको लागि जिल्लाभर नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। वडाध्यक्ष अर्जुनकुमार कार्कीले चुनावी घोषणा बमोजिम आफ्नो नेतृत्वमा रहेको मेचीनगर-४ वडा कार्यालयले वडाका आकस्मिक तथा विशेष विरामीहरूलाई जिल्लाभर एम्बुलेन्स सेवा Read More…
मेचीनगरले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने
मेचीनगर । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै बनाएर निरुत्साहित गर्न लागिएकाे नगरपालिकाले जनाएकाे हाे । नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै याे कुरा उल्लेख गरेको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब Read More…
आचार्य बन्धु सेवा समाज : सम्मानदेखि अनाथ बालबालिका र बन्धुलाई दही-चिउरा खुवाउनेसम्म
मेचीनगर । आचार्य बन्धु सेवा समाज मेचीनगरले असार पन्द्रको अवसरमा अनाथ बालबालिका र बन्धुहरुलाई दही-चिउरा खुवाएको छ । असार पन्द्रको अवसर पारेर आचार्य बन्धु सेवा समाजले हिजो मेचीनगर-९ स्थित स्ववोध वाल केद्रमा गएर त्यहाँका अनाथ बालवालिकालाई दही-चिउरा र मिठाई खुवाएको हो । त्यस्तै एक कार्यक्रमको बिच मेचीनगरमा छरिएर रहेका कौडिन्य गोत्रका आचार्य बन्धुहरूलाई भेला पारेर Read More…
होलिबेलका विद्यार्थीहरुले धान रोपेर मनाए असार १५
धुलावारी । होलिबेल अंग्रेजी स्कुलका विद्यार्थीहरुले राष्ट्रिय धान दिवस असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मेचीनगरको निन्दा पुलको छेउमा रहेको मानव आश्रमको सामुहिक धान रोपाइमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् । हरेक वर्ष होलीबेलका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान Read More…
युवा पुस्तालाई कृषिमा प्रेरित गर्न हरिकुलका शिक्षक र विद्यार्थी रोपाइँमा
चन्द्र बस्नेत कनकाई । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापाको कनकाई ३ सुरुङ्गा स्थित हरिकुल मा विले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । स्कुलले जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले आज असार १५ को दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई रोपाइँमा लगाएको Read More…
छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…
मेचीनगर । धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् । प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान Read More…
मेचीनगर : मदन भण्डारीको जन्म जयन्तीमा दिप प्रज्वलन
मेचीनगर । जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा मेचीनगरमा दिप प्रज्वलन गरिएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा बसपार्क परिसरमा बिहिवार साझ मदन भण्डारीको जन्म जयन्तीको अवसरमा सार्दुल अध्ययन केन्द्र स्थापना तथा दिप प्रज्वलन गरिएको छ । बाग्मती प्रदेशका पुर्व प्रमुख बिष्णु प्रसाइको प्रमुख आतिथ्यमा, नेकपा एमाले केन्द्रिय सदस्य एवम् मेचीनगर उपप्रमुख मिना Read More…
मेचीनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बजेट सर्वसम्मतले पारित गरेको छ । नगरपालिकाले असार १० गते आइतबार ल्याएको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । आर्थिक बर्षको लागि नगरपालिकाले एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई Read More…
मेचीनगर : दुई सडकको नामाकरण सहिदका नाममा
झापा । झापाको मेचीनगर नगरपालिकाले सहिदलाई सम्मान गर्दै नगरका प्रमुख दुइ सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ । नगरपालिकाकले मेचीनगर ६ स्थित काँकरभिट्टा बाहुण्डाँगी हुँदै निन्दा सिरान जोडने सडक र मेचीनगर १० स्थित धुलाबारी, ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट नमकरण गरेको हो। बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर Read More…










