राजनीति शिक्षा

अखिल अध्यक्ष महर र पराजुलीमाथी प्रहरीद्धारा निर्घात कुटपिट

काठमाण्डौं, भाद्र १८ । प्रहरीको लाठीले लागेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।
चिकित्सा शिक्षामा भइ रहेको मनोमानी शुुल्क असुली विरुद्व आन्दोलनरत बुधबार विहान पक्राउ परेका १७ जना विद्यार्थीहरु लाई भेटन ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका
अनेरास्ववियुका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गरी ऐन महर नेतृत्वको टोलीले पटक पटक परिचय दिँदादिँदै पनि बहुलठ्ठिपूर्ण ढंगबाट दमन कुटपिट र ज्यादती गरेको भन्दै भर्त्सना गरेका छन् ।
उनले आक्रमणमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । यस विषयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्यानाकर्षण गराउने अनेरास्ववियूले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.