संघ \संस्था

धुलाबारीमा सिसि क्यामरा जडान सम्बन्धी अन्तरक्रिया कार्याक्रम सम्पन्न

झापा, भाद्र १९ । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि बिहिबार उपभोक्ता समिति र सरोकारवाला बिच अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ ।
मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समितिले सिसि क्यामरा जडान गर्न लागेको जनाएको छ ।
समाजमा शान्ति, सुरक्षा एवँ अमनचयन कायम राख्न सिसि क्यामराको आवश्यकता रहेको भन्दै प्रमुख अतिथि नेकपा प्रदेश कमिटि सदस्य बिष्णु प्रसाईले उक्त कार्यलाई सबैले हातेमाल गरी सकेको सहयोग गर्दै सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्याक्रममा मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुवेश पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नेपाली कांग्रेश नगर सभापती इन्द्र बुढाथोकीलगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि, मेचीनगर क्षेत्रका विभिन्न टोल विकास समितिका पधाधिकारी, व्यापारी, पत्रकारलगायतको बाक्लो उपस्थिती रहेको थियो ।
आउँदो एक महिनाभित्रमा सिसि क्यामरा जडान कार्य सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक तयारी सुरु गरिएको र त्यसका लागि ३५ लाख रुपैयाँ लागत पूर्वानुमान गरिएको समितिले जनाएको छ ।
जसका लागि मेचीनगरपालीकाको कार्यालय, ९ र १० नम्बर वडा कार्यालय, स्थानीय संघसंस्था, उद्योगी, व्यापारी, समाजसेवीलगायतबाट जुटाइने पनि समितिले जनाएको छ ।
धुलाबारी सिसि क्यामरा जडान उपभोक्ता समितिका अध्यक्ष रविन बस्नेतको अध्यक्षतामा आयोजना भएको अन्तक्रिया कार्यक्रमको सञ्चालन सचिव मिलनराज प्रसाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.