संघ \संस्था

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काँकडभिट्टामा र्‍याली

झापा, भाद्र १९ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत र्‍यालीको आयोजना गरिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको र्‍यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
¥यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जानकारी दिने सचेतनामूलक पर्चा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.