काठमाण्डौं, भाद्र १८ । प्रहरीको लाठीले लागेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।चिकित्सा शिक्षामा भइ रहेको मनोमानी शुुल्क असुली विरुद्व आन्दोलनरत बुधबार विहान पक्राउ परेका १७ जना विद्यार्थीहरु लाई भेटन ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका अनेरास्ववियुका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको Read More…
Day: September 4, 2019
किरात राई विद्यार्थी संघ विभाजित
झापा, भाद्र १८ । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजित भएका छन् । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो । गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । तर आज बुधबार Read More…
मेचीपारिको ग्वाला बस्तीमा स्वास्थ्य शिविर सम्पन्न
झापा, भाद्र १८ । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर–१५ स्थित ग्वाला वस्तीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अत्यन्तै निम्न आय भएका थोरै मानिसको बसोबास रहेको मेची पारिको ग्वाला बस्ती झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित छ । ठुल्ठुला रोग लाग्दा समयमै उपचार नपाउने यहाँका स्थानीयबासी सामान्य रोग लाग्दासम्म उनीहरुले भनेको Read More…
स्याङजामा जीप दुर्घटना, दुई जनाको मृत्यु
काठमाण्डौं, भाद्र १८ । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा एक बालक र महिलाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४ सय मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा Read More…
अब एउटा बैकको एटीएम कार्ड अर्कोमा नचल्ने
काठमाण्डौ, भाद्र १८ । नेपाली बैंकहरुको झण्डै २ करोड लुटिने अवस्था आएपछि सावधानी अपनाउन थालिएको छ । गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो । सो कार्यमा संलग्न ३ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । जानकारी अनुसार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम Read More…





