समाचार

स्याङजामा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाण्डौं, भाद्र १८ । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा एक बालक र महिलाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४ सय मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । गम्भीर घाइते १३ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।

Leave a Reply

Your email address will not be published.