अर्थ

अब एउटा बैकको एटीएम कार्ड अर्कोमा नचल्ने

काठमाण्डौ, भाद्र १८ । नेपाली बैंकहरुको झण्डै २ करोड लुटिने अवस्था आएपछि सावधानी अपनाउन थालिएको छ । गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो । सो कार्यमा संलग्न ३ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
जानकारी अनुसार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ । नेप्सले एक विज्ञप्ति जारी गर्दै कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएम–पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाएको भनेको छ ।
नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि जानकारी दिएको छ । नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.