काठमाण्डौं, भाद्र १६ । चर्चित संचारकर्मी रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको छ ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा लिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन् ।
निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाको सुरुदेखि अनुसन्धानमा जुटेका डिएसपी जिसी र दिलिपका भेनाजु पर्ने पत्रकार खेम भण्डारीसँग रविले आफ्नो टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिएका थिए। खड्गसिंहले सुरुमा दर्ता गराएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । तर उनीहरुले अर्को उजुरी दिएपछि दर्ता गरेका थिए।
जिल्ला अदालत कञ्चनजपुरका रजिष्ट्रार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधशीश गोपाल बास्तोलाको एकल इजलासमा पेश भएको उजुरी खारेज गर्ने आदेश दिएका हुन्।

