धर्म संस्कृती

तराई होली सम्पन्न

युवराज रेग्मी
झापा ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली हिजो पहाड र आज तराईमा हर्सोउल्लासका साथ सम्पन्न भएको छ ।

हिजो आइतबार काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा र आज सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइने हो मनाइन्छ । हरेक बर्ष फागुपुर्णिमाको अवसरमा अघिल्लो दिन पहाडी र हिमाली छेत्रका जिल्लाहरुमा र पछिल्लो दिन तराई छेत्रमा नेपाल सरकारले सार्वजनिक बिदा दिइदै आएको छ ।

सोही अबसरमा यश बर्ष आज सोमबार तराइ होलिको अबसरमा सरकारले सार्बजनिक बिदा दिएको थियो । सोही अबसरमा कोशी प्रदेश अन्तरगतका तराईका विभिन्न जिल्लाहरु झापा मोरङ तथा सुनसरी लगायतका विभिन्न जिल्लाहरुमा होली पर्व मनाइएको छ ।

झापा जिल्लाको बिर्तामोड , दमक, गौरादह गौरिगन्जमा पनि विभिन्न संघ सस्था तथा क्लबहरुले होलि मिलन कार्यक्रम आयोजना गरेका थिए । उक्त स्थानहरुमा सयौं मानिसहरु भेलाभइ होलिको हर्सोउल्लासपुर्ण ढङगले मनाइएको पाइएको छ ।

किबदन्ती अनुसार असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागुपर्व अर्थात होली मनाउने प्रचलन छ ।

हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । धार्मिक मान्यता अनुसार सोही समय देखि हिन्दुहरुको महान पर्व अन्तरगत होलि पर्व मनाउदै आइएको पाइएको छ ।