काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुने पहिलाे खेलमा बागमतीका दुई टोली, चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्न लागेका हुन्।
आजको दोस्रो खेल दिउँसो १:१५ बजेदेखि जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।
जनकपुरले शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराएको थियो।