संघ \संस्था

बाहुण्डाँगी जेसीज वर्ष २०२५ अध्यक्षमा चम्लागाँई

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज वर्ष २०२५ को अध्यक्षमा नित्यानन्द चम्लगाँई सर्वसम्मत चयन भएका छन् । 

बुधबार जेसीज सचिवालय भवनमा सम्पन्न साधारण सभाको तेस्रो चरणको भेलाले चम्लगाँईको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

सधारण सभामा चम्लगाँई र निकेशराज दाहालको उम्मेदवारी परेको थियो । दाहालले उम्मेदवारी फिर्ता लिएसँगै चम्लागाँई सर्वसम्मत चयन भएका हुन् ।

दाहाललाई आगामी वर्ष नेतृत्व दिने आन्तरिक सहमति भएसँगै उम्मेदवारी फिर्ता भएको स्रोतले बताएको छ ।

नवनिर्वाचित अध्यक्ष चम्लागाँई वर्तमान समितिको कोषाध्यक्ष हुन् । समिति कार्यकारिणी उपाध्यक्षमा रोशन गिरी र किरण गौतम चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा बिमल रणपहेली, रीना दर्जी, एलिस पौडेल तथा प्रविण चापागाइ चयन भए ।

त्यसैगरी महासचिवमा सुष्मा मिश्र, कानुनी सल्लाहकारमा अनिष काफले एवम् कोषाध्यक्ष डिल्लिराज भारती चयन भएको निर्वाचन समितिका संयोजक हेमन्त मोक्तानले बताए । 

देबु बानियाको अध्यक्षता भएको भेलामा पूर्वअध्यक्षहरु बद्री निरौला, दिपक बराल, पुष्कर ढकाल, जीवन मोतेलगायत उपस्थित थिए ।

वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न सभाको संचालन निवर्तमान अध्यक्ष तथा निर्वाचन समिति सदस्य केवल निरौलाले गरेका थिए ।