काठमाडौं । गायक समिर खरेलको आवाजमा सजिएको यानी माया बोलको गीत भिडियो सहित सार्वजनीक भएको छ । गीतमा उनलाई गायिका विनिसा पौडेलले साथ दिएकी छन् ।
ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् ।

श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको उक्त गीतमा म्युजिक प्रोडक्सन साहस शाक्यले गरेका छन् भने मिक्सीङ्ग मास्टरिङ्ग श्यमस्वत रसाइलीले गरेका छन् । बिहिबार मात्रै रिलिज गरिएको यो गीत अहिले चर्चामा रहेको छ ।