शिक्षा

मेचीनगरको माँ सरस्वती विद्यालयमा शिक्षण सिकाइको परियोजना सुरु

मेचीनगर । माँ सरस्वती एजुकेशन फाउण्डेशन अँग्रेजी विद्यालय मेचीनगर–९ ले वालवालिकाहरुको शिक्षण सिकाइमा सुधार गर्ने गरी परियोजना सुरु गरेको छ । हेटौंडाको नवोदय इनोभेटिभ सेन्टरसंगको सहकार्यमा साना कक्षाका विद्यार्थीलाई सिकाईमा आधारित शिक्षण गराउने परियोजना सुरु गरेको माँ सरस्वती एजुकेशन एकाडेमीका प्रिन्सिपल दिपेन्द्र प्रधानले बताए। प्रिन्सिपल प्रधानका अनुसार इनोभेटिभ सेन्टर र माँ सरस्वती एकाडेमीबीच एक बर्षका लागि Read More…

धर्म संस्कृती

काँकरभिट्टामा चैत २७ गतेदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव (भिडियो सहित)

काँकरभिट्टा । मेचीनगरमा आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आगामी चैत २७ गतदेखिे वैशाख २ गतेसम्म सञ्चालन हुने साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको सोमबार पत्रकार सम्मेलनमार्फत महोत्सवका निर्देशक समितिका संयोजक केवलराम राईले बताए । आदिवासी जनजाति महासंघ मेचीनगर समितिले आयोजना गरेको साँस्कृतिक महोत्सवमा मेचीनगरमा रहेका १८ वटा जातजातिको साँस्कृतिक पहिचानको प्रस्तुती रहने Read More…

संघ \संस्था

मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध

काठमाडौं । शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ। राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो। राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको हो। उनी एभिन्यूज Read More…

राजनीति

एमालेले चैत ३० गते दमकमा जनसभा गर्ने, एक लाख मानिस उतार्ने

झापा । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत् जनसभा गर्ने भएको छ ।  जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । विहिबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरूलाई टाउको उठाउन नदिन एमालेले Read More…

समाचार

आज राजतन्त्रवादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन

काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजतन्त्रवादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो Read More…

संघ \संस्था

झापा : यातायात कार्यालयको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेर ठगी, सेवाग्राहीले सेवाभन्दा पनि शास्ती पाउंदै

झापा । यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण  सयौं सेवाग्राहीहरू ठगिएका छन् ।  कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नै किर्ते गरेर एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि त्यसलाई रोक्न कार्यालयले उदासिनता देखाएको हो   ।  लामो समयदेखि यातायात व्यवस्था कार्यालय झापामा लेखापढीको काम गर्दै आएका कन्काई निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौं रुपैयाँ ठगि गरेर फरार भएका Read More…

अर्थ

चालु आवको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो। यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको Read More…

अर्थ संघ \संस्था

कोशी प्रदेश पर्यटन वर्ष २०८२ : घोषणाको पूर्वसन्ध्यामा सरोकारवालासँग छलफल तीव्र

मेचीनगर । कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित आगामी चैत्र २७ गते ’कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्ने तयारी गरिरहेको छ । सोही सन्दर्भमा, कोशी प्रदेश पर्यटन वर्ष सचिवालयले सरोकारवालासँग छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ। यसैक्रममा, आज झापाको मेचीनगरस्थित पर्यटन कार्यालय काँकरभिट्टाको संयोजनमा पर्यटन व्यवसायी तथा सम्बन्धित संस्थाहरूसँग एक दिवसीय Read More…

संघ \संस्था

गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता गरेका हुन् ।  Read More…

संघ \संस्था

सहिद विश्वनाथ मार्ग: आजदेखि काँकरभिट्टाबाट कालोपत्रे सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवको योजना सहिद विश्वनाथ मार्गको आजदेखि काँकरभिट्टाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ । विश्व बैंकको आयोजना अन्तरगत नगरपालिकाले काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो । विगतको सूर्योदय मार्गलाई परिवर्तन गरी सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ मार्गको रुपमा Read More…