खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल ५ र ६ सेमिफाइनलमा प्रबेस

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र मेचीनगर सेमिफाइनलमा प्रबेश गरेका छन ।

नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए ।

यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर ६ ले टाइब्रेकरमा ४-३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रबेस गरेको छ ।खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो । टाइब्रेकरमा मेचीनगर ६ भाग्यशाली बन्यो ।

खेलको म्यान अफ द म्याच बिजेता टिमका देवन भुजेल घोषित भए । उनलाइ झापा जिल्ला फुटबल सङघका महासचिव सेरबहादुर बस्नेत र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलिले ट्रफी र नगद प्रदान गरे ।

शुक्रवारको पहिलो सेमिफाइनल खेल मेचीनगर ५ र मेचीनगर ११ तथा दोस्रो खेल मेचीनगर ९ र मेचीनगर ६ बिच हुने खेलकुद सम्योजक खेम सावाँले बताए ।

वडा कार्यालय मेचीनगर ३ को आयोजनामा चैत १६ गतेबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता छन । प्रतियोगिताको फाइनल खेल २३ गते शनिवार हुनेछ । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।