कला

द भोइस अफ किड्समा झापा गौरादहका रिदम चम्कदै, अब उपाधिका लागि सबैको साथ आवश्यक

गौरादह । हिमालय टेलीभिजन मार्फत प्रशारीत बाल गायकहरु बिचको गायन प्रतिस्पर्धा” द भोइस अफ किड्स नेपाल सिजन ४” मा अब्बल उत्रदै गरेका झापा गौरादहका रिदम खड्का फाइनल चरणमा पुगेकाछ्न् ।

टिम सत्यराज आचार्यबाट फाइनलमा पुग्न सफल झापा गौरादहका शान माउन्ट एभरेष्ट माध्यमिक बिद्यालय गौरादह १ मा कक्षा ६ मा अध्ययनरत रिदम खड्काले शनिबारको शो मा गित मार्फत गौरादहका दर्सकहरुले आफुलाइ यतिधेरै माया दिएर फाइनलमा पुर्याएको स्वीकार गरेकाछन् ।

आफ्नो प्रस्तुतिपछि आफुलाइ आम दर्सकहरुले साथ र सहयोग गर्दै फाइनलसम्म पुर्याएकोले अब आफु यहाँभन्दा अघि बढे या नबढे पनि त्यसलाई आफुले स्वीकार गर्ने अभिव्यक्ति दिएका थिए ।

उनले भनेकाछ्न ” यहाँ सम्म पुग्नुनै मेरो लागि ठूलो कुरा हो ,यहाँ भन्दा अघि बढु या नबढु म त्यसलाई स्विकार गर्दछु “। अन्तत: उक्त चरणमा उनी आफुलाइ अब्बल तुल्याउदै छनौटहुन सफल भएकाछ्न्।

रिदमले आफ्नो जादुमयी प्रस्तुती मार्फत बिगत झै पछिल्लो चरणमा पनि आम दर्शकहरुको मनजित्न सफल भएका थिए ।

अध्ययनमा पनि अब्बल रहेका रिदमले सानै उमेरदेखि बिद्यालयमा आयोजना हुने गायन प्रतिस्पर्धामा भागलिएर उत्कृष्ट बन्दै आएका थिए ।

आफ्नो कलालाई निखार्नेक्रममा हालआएर उनी “द भोइस अफ किड्स सिजन ४ ” मा को स्पर्धामा दौडदैछ्न ।
छनौटचरण देखीनै आफ्ना प्रतिस्पर्धी सामु अब्बल ठहरिदै आएका रिदम हाल फाइनल सम्म पुग्नसफल भए ।
यता रिदम लाई यो चरण सम्म पुर्याउन गौरादहका नागरिकहरुले देश बिदेशबाट महत्वपूर्ण सहयोग जुटाउदै आएकाछ्न् ।

छनौट चरण पश्चात् गौरादह नगरपालिका वडा न १ को सभाहलमा “रिदम जिताऔं अभियान ” भन्दै एक समिति गठन गरिको थियो ।

उक्त समितिले रिदम जिताउने अभियान अन्तरगत रिदमलाई भोट जुटाउनकै लागि बैंक खाता खोली खाता मार्फत आर्थिक शंकलन जुटाउदै ठूलो मात्रामा (बल्कभोटिङ ) भोटगरि रिदम लाई गायन प्रतिस्पर्धाको यात्रामा अमुल्य सहयोग पुर्याउदै आएको छ ।

उक्त समिति मार्फत रिदमका अभिभावकले आफ्नो छोराको सपना पूरा गराइदिन रिदमलाई आगामी चरणको प्रतिस्पर्धामा पनि अब्बल बनाउन सम्पुर्ण दर्शक तथा श्रोता एबम शुभचिन्तक हरुलाई भोट गरिदिएर अमुल्य सहयोग पुर्याउन अपिल समेत गरेकाछन् ।

रिदमलाई जिताउनकै लागि भनी गौरादहको दुर्गा मन्दिरमा आज आइतबार अभियान द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै रिदम अध्ययन गर्ने माउन्ट एभरेस्ट माबिका प्रीन्सिपल नारायण घिमिरेले रिदम अब माउन्ट एभरेस्ट माबिको मात्र नभएर सम्पुर्ण झापालिको गौरब भएकोले उनलाइ उत्कृष्ट बनाउन सम्पुर्णमा अनुरोध गर्दै आफुहरु उनलाई जिताउन निरन्तर लागिपरेको जनाए ।