विविध

सांसद कार्कीद्वारा निन्दाखोला सिंचाई आयोजनाको शिलन्यास

मेचीनगर, मंसिर २८ । मेचीनगर नगरपालिमा निन्दाखोला सिंचाई आयोजना सञ्चालनमा आउने भएको छ । प्रदेस सरकार भौतिक तथा पुर्वाधार विकाश मन्त्रालयबाट कुल ५ करोड ३४ लाखको लागतमा बन्न लागेको मेचीनगर वडा नम्बर ८ स्थित निन्दाखोला सिंचाई आयोजनाको एक कार्यक्रमका बिच आईतबार संघिय सांसद सुरेन्द्र कुमार कार्की (पार्थ) ले सिंचाई आयोजनाको शिलन्यास गरेका छन् ।

सिंचाई आयोजनाको शिलन्यास भएसंगै यस क्षेत्रका किसानहरुमा खुशि छाएको छ । निर्माण कार्य सम्पन्न भए पश्चात आफुहरुले सिंचाईको समस्याबाट मुक्ति पाउने भएसंगै किसानहरु खुशि भएका हुन् । यस क्षेत्रका किसानहरुले लामो समयदेखि सिंचाईको समस्या झेलीरहेका छन् । बर्खा याममा पानि बढी भई बालिको क्षति हुने र हिउदमा पानिको अभावले बालि नै नहुने जस्ता समस्या रहेको छ ।

कार्यक्रमका अतिथिहरुले मन्तव्यका क्रममा देशलाई समृद्धि बनाउन कृषिमा आन्मनिर्भर बन्नु पर्नेमा जोड दिएका छन् । अतिथिहरुले मन्तव्यको क्रममा सबैलाई कृषिमा आर्थिक क्रान्ति गर्न आग्रह गर्दै सबै किसानलाई कृषि क्षेत्रमा नै ब्यवसायीक बन्दै आर्थिक समृद्धिमा अगाडी बढ्न पनि अग्रह गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्की (पार्थ), विशिष्ट अतिथि संघिय सांसद कुमारी मेचे, प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापा तथा बिशेष अतिथि मेचीनगर नगरपालिका उपप्रमुख तथा कार्यवाहक प्रमुख मीना पोख्रेल उप्रेती र डिभिजन प्रमुख कृष्ण प्रसाद राजवंशीको रहेको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटि झापा सदस्य डिल्लिराम घिमिरे, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्र बहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, जसपा मेचीनगर अध्यक्ष ओम प्रकाश खापुङ्गलगायतको आतिथ्यता रहेको थियो ।

निन्दाखोला सिचाई राजपैनी जल उपभोक्ता समितिका अध्यक्ष रघुनाथ धिमालको अध्यक्षतामा आयोजना भएको कार्यक्रको स्वागत मेचीनगर–८ का वडा अध्यक्ष बिकेन्द् कुमार धिमाल र सञ्चालन पवन मेचेले गरेको मेचीनगर– ८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए ।