विविध

डिप बोरिङ गाडिने भएसंगै किसान हर्षित

मेचीनगर । खेती गर्ने समयमा पानीको अभाव हुन नदिन झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा डिप बोरिङ गाडिने भएको छ । वडाको शान्ती टोलमा गाडीने डिप बोरिङले सो क्षेत्रसंगै आसपासका पाँच सयबढी किसान लावान्वीत हुने मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए ।

समृद्ध तराई मधेस सिचाई आयोजना अन्तर्गत संघिय सांसद कुमारी मेचेको पहलमा ल्याईएको उक्त डिप बोरिङ मेचीनगर–८ वडा कार्यालयले संयोजन गर्ने बताईएको छ । असार मसान्तसम्ममा डिप बोरिङ सम्पन्न गर्नु पर्ने भएपनि त्यो समय अगावै सो कार्य सम्पन्न गर्ने गरीसक्ने ठेकेदार कम्पन्नी रेस्मा डििप बोरिङ टुबेल उद्योग विराटनगरका साईड ईन्चार्ज सुनिल कार्कीले जनाए ।

शान्ती टोल निवासी किशोर श्रेष्ठले डिप बोरिङका लागि जग्गा उपलब्ध गराउने सहमती भएपछि आईतबार स्थलगत अनुगमन गर्दै मेचीनगर–८ का जनप्रतिनिधि वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्यद्वय सन्तोष मेचे र गंगा पाठकलगायत समाजसेवीहरु लालबहादुर थामी, विष्णु भट्टराई, केदार गिरी, मिलन विश्वकर्मा, तेजन राजवंशी, लक्ष्मण राजवंशीलगायतको टोली सो क्षेत्रमा गएर डिप बोरिङ गाड्ने निर्णय गरेको हो ।