मेचीनगर, मंसिर २८ । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको मेचीनगर–७ इटाभट्टामा सेवा केन्द्र सञ्चालन गरिएको छ । मेचीनगर–९ धुलावारी बजारमा मुख्य कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको आइतवार एक कार्याक्रमका बिच इटाभट्टामा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

प्रदेश सांसद माननिय गोपालचन्द्र बुढाथोकीले कार्यालयको रिवन काटेर उद्घाटन गरेका थिए । कार्याक्रममा मेचीनगर–७ का बडाध्यक्ष चन्दन मेचे, मेचीनगर–८ का बडाध्यक्ष विकेन्द्र धिमाल, नेपाली कांग्रेस मेचीनगर–७ का सभापति कञ्चन बराल, सस्थाकी उपाध्यक्ष रेनुका डाँगी, सञ्चालक समिति सदस्य दलबहादुर कट्टेल, मूना नेपाली, विर्तामोड सेवा केन्द्रका प्रमुख धनश्याम डाँगी, बाहुनडाँगी सेवा केन्द्रका प्रमुख तिलजा देवान लगायतको उपस्थिती थियो ।

मेचीनगर–९ धुलावारी बजारमा २०७५ सालमा स्थापना भएको गृहलक्ष्मी साकोसको यसअघि विर्तामोड र बाहुनडाँगीमा सेवाकेन्द्र सञ्चालनमा आइसकेको छ । जिल्लाका अन्य बजारमा पनि चाडै सेवाकेन्द्र सञ्चालमा आउने बताइएको छ ।

इटाभट्टा सेवा केन्द्र सञ्चालनका लागि माया सुव्वाको संयोजत्वमा ५ सदस्य उपसमिति समेत गठन गरिएको छ । उपसमितिको सदस्यमा रुघु धिमाल गायत्री कटुवाल, मनकुमारी लिम्वु र विनोद बानियाँ रहेका छन् । राजु धिमालले सञ्चालन गरेको कार्यक्रम सस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

