अन्य

अनेरास्ववियुको डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम

मेचीनगर । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा भएको प्रथम अखिल डिजिटल मेचीनगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद दशरथ मावि प्रथम भएको छ ।

मेचीनगरको धुलाबारी माविमा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद सहिद दशरथले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

२२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा द्वितीय हुने इष्ट होराइजन माविले ७ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ भने तृतीय भएको बाल सुबोधनी माविले ५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ ।

अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपमहासचिव कमल जोशी रहेका थिए ।

उक्त अवसरमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जोशीले आफ्नो सम्बोधनमा युवाहरुलाई ज्ञान, सीप र प्रविधिमा सशक्त बनाउन अनेरास्ववियु निरन्तर अगाडि बढिरहेको बताउँदै मेचीनगरमा गरिएको यो डिजिटल प्रयास देशभरका विद्यार्थी संगठनका लागि प्रेरणादायी हुने टिप्पणी गरेका थिए ।

उपाध्यक्ष ईश्वर रिजालले स्वागत मन्तव्य राखेकोे कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकी, नेकपा (एमाले) मेचीनगर नगर कमिटी अध्यक्ष राजु कार्की लगायतले आ-आफना धारणा राखेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन उत्सव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सञ्चालन क्याम्पस कमिटी सचिव मनिषा सापकोटाले गरेकी थिइन् ।