खेलकुद

खुदुनाबारी तेक्वान्डो डोजाङले सुरु गर्‍यो आफ्नै प्रशिक्षण हल निर्माण अभियान

खुदुनाबारी । तीन दशकदेखि तेक्वान्डो खेलमार्फत दक्ष तथा अनुशासित खेलाडी उत्पादन गर्दै आएको खुदुनाबारी तेक्वान्डो डोजाङले आफ्नै स्थायी प्रशिक्षण हल निर्माण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत प्रशिक्षण हलको शिलान्याससमेत सम्पन्न गरिएको छ। वि.सं. २०५० सालदेखि तेक्वान्डो खेलको अभ्यास सुरु भएको यश क्षेत्रमा वि.सं. २०५६ सालमा प्रशिक्षक होम दुलालको अगुवाइमा खुदुनाबारी तेक्वान्डो डोजाङ स्थापना गरिएको थियो। Read More…