स्वास्थ्य

थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं, साउन २० । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । प्रवक्ता डा. गौतमका अनुसार कुल ४ लाख ६ हजार ५९४ पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार २६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।