स्वास्थ्य

मंगलबार झापामा थपिए ८ जना कोरोना संक्रमित

झापा, साउन २० । झापामा मंगलबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमा कचनकवल गाउँपालिकाका ३ जना, गौरीगञ्ज गाउँपालिकाका २ जना, दमक नगरपालिकाका २ जना र भद्रपुर नगरपालिकाका १ जना रहेका छन् ।

मंगलबार सङ्क्रमण पुष्टि भएकाहरू सबै पुरुष रहेका छन्। उनीहरू सबै भारतबाट आएका हुन्। २ जना होम क्वारेन्टिनमा र ६ जना स्थानीय तहका क्वारेन्टिनमा बस्दै आएका थिए।