विविध

काँकरभिट्टामा एक बृद्धाले गरिन् आफ्नै श्रीमानमाथी खुकुरी प्रहार

मेचीनगर, साउन २० । मेचीनगरमा मंगलबार बेलुकी एक बृद्धाले आफ्नै श्रीमानमाथी खुकुरी प्रहार गरेकी छिन् ।

मेचीनगर–६ काँकरभिट्टा स्थित लक्ष्मी टोलकी ७७ वर्षीया पूर्णमाया तामाङले घरायसी विवादका कारण ८१ वर्षीय श्रीमान जयबहादुर तामाङलाई गम्भीर घाईते हुने गरी टाउकोमा खुकुरीले प्रहार गरेकी हुन् ।

पूर्णमायाले भुपु भारतीय आर्मी समेत रहेका श्रीमान जयबहादुरको टाउकोमा तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

घाइते जयबहादुरलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल लगीएको स्थानियले बताए ।