खेलकुद

इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट आउट

विकास घिमिरे
काठमाडौँ, साउन २४ ।
इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छन् । दुवै टिमको अन्तिम १६ को दोस्रो लेगमा युभेन्टसले फ्रेन्च क्लब लियोनमाथि २–१ (समग्रमा २–२) जित र रियल मड्रिड भने इंग्लिस क्लब म्यानचेस्टर सिटीसगँ २–१ (समग्रमा ४–२) हार बिहोर दै क्वार्टरफाइनल नपुगी दुवै टिम च्याम्पियन्स लिगबाट आउट भएको छन् ।

शुक्रबार राति भएको खेलमा युभेन्टसले फ्रेन्च क्लब लियोनमाथि २–१ गोलको जित निकालेको थियो । तर, लियोनको मैदानमा पहिलो लेगमा १–० गोलले पराजित भएको युभेन्टस अवे गोलका आधारमा पछि परेको हो । समग्रमा २–२ को नतिजा भए पनि अवे गोलका आधारमा युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अगाडि बढ्न सकेन ।

शुक्रबार युभेन्टसको मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ४३औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत र ६०औं मिनेटमा फेडेरिको बर्नान्डेस्चीको पासमा गोल गरेका थिए । यता, लियोनका मेम्फिस डिपेले एक गोल गरेका थिए । खेलमा लियोनले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा लियोनका कप्तान मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । डी एरियामा औरमाथि युभेन्टसका बर्नान्डेस्चीले खराब ट्याकल गरेपछि रेफ्रीले भीएआरको सहायतामा लयोनलाई पेनाल्टी दिएका थिए । जसमा दोस्रो लेगको खेलबाट मैदान फिरेका डिपेले गोल गरे ।

भने यता,
शुक्रबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि २–१ गोलको र समग्रमा ४–२ को जित निकाल्दै सिटीले अन्तिम आठमा स्थान बनाएको छ । सिटीको मैदान इतिहादमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङ, ग्राबियल जेससले समान एक–एक गोल गरे । यता, रियलका करिम बेन्जेमाले एक गोल गरेका थिए।

खेलको नवौं मिनेटमा रहीम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको २८औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफमा रियललाई बराबरीमा फर्काए । यस्तै खेलको ६८औं मिनेटमा जेससले गोल गर्दै सिटीको जित सुनिश्चत गरे । जितसँगै सिटीले रियलमाथि समग्रमा ४–२ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो ।

यो सँगै युरोपियन च्याम्पियन्स लिगका दाबेदार दुवै टिम समग्रमा इटालियन क्लब युभेन्टस २–२ को र स्पेनिस क्लब रियल मड्रिड ४–२ गोलको हार बेहोरदै च्याम्पियन्स लिगको अन्तिम १६ बाट आउट भएका छन् । अब क्वाटर फाइनलमा अगस्ट १५ मा फ्रेन्च क्लब लियोन र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्ने पक्का पक्कि भएको छ । एजेन्सी