अर्थ स्वास्थ्य

छोरी बचाईदिन ढुंगाना परिवारको आग्रह

युवराज आचार्य
मेचीनगर, साउन २४ ।
दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा सक्दो सहयोग गरिदिन ढुंगाना परिवारले अपिल गरेका छन् ।

Image may contain: 3 people, people sitting and outdoor

मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी शुभनाथ ढुंगानाकी ३० वर्षिया छोरी निर्मला यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी उनको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन ।

आर्थिक अभावका कारण उपचारमा समस्या आएपछी अहिले स्थानिय समाजसेवीहरुको सक्रियतामा निर्मला ढुंगाना बचाउ अभियान सञ्चालन गरिरहेका छन् । जसको नेतृत्व (संयोजक) समाजसेवी गिरीराज धमलाले गरेका छन् ।

धमलाको नेतृत्वमा रहेको नर्मला ढुंगाना बचाउ अभियानले अहिले आर्थिक संकलन गरिरहेको छ । अभियानले मृगौला पिडीत निर्मला उपचारर्थ ४० हजार बढी आर्थिक संकलन गरि सकेको छ ।

Image may contain: 2 people, people sitting

त्यसैगरी खडानन्द, गंगामाया ढुगांना प्रतिष्ठानले पनि मृगौला पिडीत निर्मलाको उपचारका लागि नगद २१ हजार आर्थिक सहयोग गरेको छ ।

निर्मलाको मृगौला प्रयारोपण गर्न ठुलो धनराशी आवश्यक पर्छ । बुबा आमाले आफुसंग भएको जेयोजेथा पनि अहिलेसम्म उनको उपचार गर्दा गर्दै सकिसकेका छन् ।

निर्मला ढुंगाना बचाउ अभियानका संयोजक धमलाले भने अब परिवारले मात्र उनको उपचार गर्न सक्ने अवस्था छैन । देश तथा विदेशमा रहेका मनकारी सहयोगी नेपाली सबैले सकेको सहयोग गर्न आग्रह गरेका छन् ।

निर्मलालाई सहयोग गर्न ईच्छुक सहयोगी दाताहरुले ग्लोबल आईएमी बैंक खाता नम्बर २३०७०१०००७०४६ मा सिधै सहयोग रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।