राजनीति

कांग्रेसको महाधिवेशन अनिश्चित

काठमाडौं, साउन २६। नेपाली कांग्रेसको महाधिवेशन अनिश्चत बन्दै गएको छ । आगामी फागुनमा हुने भनिएको महाधिवेशन कोरोना महामारीलाई कारण देखाउँदै सर्ने छाटकाट देखिएको छ ।

कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष महाधिवेशन सार्ने मनस्थितिमा रहेका छन् । भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने तोकिएकै समयमा हुनुपर्ने अडानमा छ ।

नेतृत्वबिचको खिचातानी र क्रियाशील सदस्यता वितरण र भागवण्डाको कुरा नमिल्दा आगामी महाधिवेशन अन्योलमा परेको कांग्रेसका एक नेताले बताए ।

भर्खरै सभापति देउवाले पार्टीमा एकलौटी ढंगले विभाग गठन गरेको भन्दै रामचन्द्र पौडेल समुह असन्तुष्ट छ । पौडेल पक्षले महाधिवेशन घोषणा भइसकेको वेला निर्वाचन आचारसंहिता विपरीत देउवाले विभाग गठन गरेकोमा विरोध जनाउँदै आएको छ । यता संस्थापन पक्षका नेता भने सभापतिले महाधिवेशन प्रभावित पार्न नखोजेको भन्दै सभापति देउवाको बचाउ गर्छन् ।