समाचार

१० वटा नाकाबाट मात्र नेपाल प्रवेशको अनुमति (विवरण सहित)

काठमाडौं, साउन २८ । सरकारले कोरोनाको जोखिम बढेको भन्दै १० वटा नाकाबाट मात्र नेपाल भित्रिन पाइने बताएको छ । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ ।