संघ \संस्था स्वास्थ्य

नेपाल प्रहरीका डिआईजीसहित ६ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ । फ्रण्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको छ । नेपाल प्रहरीका दुई जना डिआईजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको जानकारी दिए ।

बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो । उनले आइतबारसम्म हेडक्वार्टरमा एक सय ५५ जनामा संक्रमण देखिएको प्रवक्ता कडायतले जानकारी दिए ।

त्यस्तै महानगरीय प्रहरी कार्यालाय रानीपोखरीमा पनि ३० जना प्रहरीमा संक्रमण देखिएको एसएसपी कडायतले जानकारी दिए ।

नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ८० जना उपचाररत रहेका छन् भने २ सय ४० जना उपचारपछि काममा फर्किसकेका छन् ।