
विराटनगर / भारत साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
भारत लाई खेलको १८ औ मिनेटमा सञ्जुको कर्नरमा गोलकिपर अगाडी बढेको अवस्थामा डालिमा छिब्बरले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिईन् ।
२३ औ मिनेटमा सञ्जुको पासलाई सदुपयोग गर्दै ईन्दुमती काथिरिसान भारतको अग्रता दोब्बर पारेकी थिईन् । ३७ मिनेटमा ईन्दुमतिले ब्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अवस्थामा पु¥याएकी थिईन् ।
दोस्रो हाफको ईन्जुरी समयमा मनिषाले गोल गर्दै भारतलाई ४–० को जित दिलाईन् ।
भारतले उपाधिका लागि आयोजक नेपालसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।

