समाचार

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जना पक्राउ, ५१९ सवारी चालक नियन्त्रणमा

काठमाडौँ / होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बधबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होली विशेष सुरक्षा योजना बनाएर आज हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने ५१९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् । रासस

Leave a Reply

Your email address will not be published.