स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौं ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ७ सय जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।