विकास घिमिरेकमल, भदौं ३ । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित केर्खा बजारमा समुदायमा कोरोना संक्रमण देखीए पछि बजार सील गरिएको छ । वडा नम्वर ३ का ८३ वर्षिय वृद्धमा कोरोना पोजेटिभ पुष्टि भएसंगै केर्खा बजार क्षेत्रलाई एक हप्ताको लागी आज राति १२ बजेदेखि सिल गर्ने निर्णय भएको हो । वडा नम्वर ३ को Read More…
Day: August 19, 2020
राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो सार्वजनिक गर्ने गायक ग्लाल्जेन दोर्जेसहित ८ जना पक्राउ
काठमाडौं, भदौं ३ । युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने खालको म्युजिक भिडियो सार्वजनिक गर्ने ८ जना पक्राउ परेका छन् । दुई दिनअघि मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको छ भने नेपालको राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरू प्रयोग भएका छन् । पक्राउ Read More…
मेचीनगरका तीनवटा वडा बाहेक अन्य वडामा लकडाउन खुल्यो
मेचीनगर, भदौ ३ । झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयले नगरका तीनवटा वडमा अर्को व्यवस्था नभईञ्जेल साउन २८ गतेदेखिको लकडाउनलाई निरन्तरता दिने भएको छ । साउन २८ गते रातको १२ बजेदेखि भदौ ३ गते रातको १२ बजेसम्म नगरका १६ वटै वडामा लकडाउनको घोषणा गरेपनि बुधबार बसेको वैठकले नगरका वडानम्वर ६,७ र ८ नम्वर वडामा लकडाउनलाई निरन्तरता दिने Read More…
पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौं ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार Read More…
राजकीय सम्मानसाथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौं, भदौं ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ । लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ करिब ६ बजे निधन भएको थियो । बुधबार बिहान गौशालास्थित पशुपति आर्यघाटमा राजकीय सम्मान साथ उहाँको अन्येष्टि गरिएको हो । उपप्रधान तथा मन्त्री ईश्वर पोखरेलले उहाँको पार्थिव शरीरमाथि नेपालको Read More…
आज राष्ट्रिय विभूति मोतीराम भट्टको १५४औँ जन्मजयन्ती
काठमाडौं, भदौं ३ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती । नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो । Read More…
पीएसजी च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौंं, भदौ ३ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पीएसजी अन्तिम दुईमा प्रवेश गरेको हो । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया Read More…
आज बुबाको मुख हेर्ने दिन
काठमाडौं, भदौं ३ । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण यो दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । यो दिन बाबु नहुनेहरू भने Read More…








