विकास घिमिरे
कमल, भदौं ३ । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित केर्खा बजारमा समुदायमा कोरोना संक्रमण देखीए पछि बजार सील गरिएको छ । वडा नम्वर ३ का ८३ वर्षिय वृद्धमा कोरोना पोजेटिभ पुष्टि भएसंगै केर्खा बजार क्षेत्रलाई एक हप्ताको लागी आज राति १२ बजेदेखि सिल गर्ने निर्णय भएको हो ।
वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ती टोल क्षेत्र पश्चिममा ढ्याग्रे खोला, पुर्वमा केर्खा खोला, उत्तरमा पुर्वपश्चिम राजमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो सम्म पुर्ण रुपमा सिल गरिएको हो । कोरोना संक्रमण देखिएका बृद्धको कन्ट्रायाक्ट ट्रेसिङ गरि उनको परिवार र उनिसंग सम्पर्कमा आएका व्याक्तिको पिसिआर परिक्षणका लागी भोलि स्वाब संकलन गरिने जनाइएको छ ।
लकडाउन अवधिभर औषधी पसल वाहेक अन्य कुनै पनि पसल खोल्न पाइने छैन । त्यसैगरी दुधडेरी भने विहान ६ बजे देखी ८ बजे सम्म र बेलुका साढे ४ बजे देखी साढे ६ सम्ममात्र खोल्न पाईने छ ।
यसैबीच कमल गाउँपालिकाबाट गत साउन ३० गते स्वाब संकलन गरि पठाइएका सबैको कोभिड १९ रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक्ट् ट्रेसिङका क्रममा गाउँपालिकाकाका कर्मचारीले र जनप्रतिनिधिहरु परेपछि उनीहरुको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको थियो । जनप्रतिनिधि तथा कर्मचारीहरु गरि जम्मा ३६ जनाको स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाइएको थियो ।
त्यस्तै कमल गाउँपालिकाको क्वारेन्टाइन बसेका र दमकका कोरोना संक्रमितको सम्पर्कमा आएका गरि जम्मा २४ जनाको स्वाव संकलन गरि परिक्षणका पठाईएको छ। कमल गाउँपालिका ३ स्थित केरखा स्थित शाहीद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १४ र कन्ट्याक्ट् ट्रेसिङ्गका क्रममा १० जना गरि २४ जनाको स्वाव संकलन गरिएको स्वास्थ शाखा अधिकृत ईन्द्र अर्यालले जानकारि दिनुभयो। यो सगै कमल गाउँपालिकामा जम्मा ४७७ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको छ ।


