
युवराज आचार्य
झापा / पछिल्लो समयमा क्रिकेटको नाम संगै जोडीने नाम हो नेपालका क्रिकेटर सन्दिप लामिछाने । नेपाल र नेपालीको शान बनेका नेपाली लेग स्पिनर सन्दिपको लोकप्रियतता दिन प्रतिदिन चुलिदो छ । छोटो समयमा नै विश्वमा देशको नाम चिनाएका लामिछानेले विश्वमा खेलिने सबै चर्चित क्रिकेट लिगहरू खेलिसकेका छन् । अहिले उनि भारतको चर्चित लिग आइपिएल खेल्न दिल्ली क्यापिटल टिम संग ब्यस्त छन् ।

देशका लागि अन्तराष्ट्रिय खेल खेलेतापनि सन २०१८ मा भारतको चर्चित लिग आइपिएलबाट अन्तराष्ट्रिय क्रिकेट खेलमा डेब्यू गरेका लामिछानेको क्रिकेट यात्रा रोकिएको छैन । संसारका अब्बल क्रिकेटरहरूबाट राम्रो प्रतिक्रिया पाएका सन्दिपले हालसम्म आइपिएल , अष्ट्रेलियामा बिग बास लिग , बंगलादेश लिग , पिएसएल लिग र क्यारबिएन लगायतका लिग खेलिसकेका छन् ।

आजबाट सुरू हुने भारतको आइपिएलमा दिल्ली क्यापिटलको लागि खेल्न सन्दिप केहीदिन अगाडि नै भारत प्रस्थान गरिसकेका छन् । उक्त अवसरमा उनलाई क्लबले भव्य स्वागत गरेको थियो । बलिङमा विकेट धेरै झार्ने र रन अत्याधिक कम दिने भएकाले उनै नेपाली लेग स्पिनर लामिछानेको माग अहिले संसारभर नै छ ।

